Thursday, March 30
Shadow

बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीले गरिन् दोस्रो बिहे

दुई वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले हालै विवाह गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले केही दिनअघि कुनै समारोहविना कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।

उनको निकै चर्चित गित ‘सोचे झैं जिन्दगी रैनछ’ कोरोना भाईरसको संक्रमणले तीज मनाउन पाइएको थिएन् । सोही समयमा बजारमा ल्याइएको थियो, ‘सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी छिन् गायीका मधु क्षेत्री पनि । हुन त संघीय राजधानीमा बसेर सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।

२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । गाउँका विभिन्न सांगीतिक कार्यक्रम, प्रतियोगिता र विद्यालय स्तरीय प्रतियोगितामा सहभागी हुन्थिन् उनी । स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा कहिल्यै दोश्रो नहुने मधुसंग प्रतिष्पर्धा गर्न आट गर्ने कमै थिए ।

एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’ विदेशिनुअघि अन्तिमपटक आफ्नो श्रीमान र परिवारसहित राखेर अन्तिम गीत गाउने इच्छा उनले व्यक्त गरिन् । ‘मलाई लोकसंगीतले धेरै चिज दिएको छ । दोहोरी क्षेत्रमा लागेर नै छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *