Thursday, March 23
Shadow

चन्द्रागिरी डाँडामा जाँदै गर्दा केबलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, भयो खैलाबैला

काठमाडौं, असार २२ । तपाईले केबलकारमा यात्रा गरिरँदा केबलकार रोकिएको छ ? रोकीयो भने के गर्नुहुन्छ ? त्यो अनुभव
गरेकाहरुले मात्रै भन्न सक्ने कुरा भयो ।

यही कुराको अनुभव आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोगेका छन् । अध्यक्ष तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ। तिमिल्सिना चढेको केबलकार चन्द्रागिरी डाँडामा जाँदै गदर्जा एक्कासी अड्कीएको हो ।

विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको चन्द्रागिरी केबलकारले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले ‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको पुटि गरे ।

विद्युत आपूर्तिमा समस्या हुँदा अध्यक्ष तिमिल्सिनासहित अन्य केही यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए।

चन्द्रागिरीका जनरल म्यानेजर सञ्जिब थापाले ‘टेक्निकल फल्ट’का कारण मात्रै रोकिएको बताए।

उनका अनुसार ‘टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको हो। कहिलेकाहीँ यस्तो समस्या आउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *