Thursday, March 23
Shadow

बिहान बेलुकाको छाक टार्न मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेन शाहको चौतर्फी विरोध

काठमाडौं महानगरको नगर प्रहरीले आज मकै बेच्दै हिँडेकी महिलाको ठेला नियन्त्रणमा लिएको छ।महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी विरोध भइरहेको छ ।

पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ ।

मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्। घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस् भन्दै रोजिरोटीको ग्यारेन्टी गरेर मात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *