अर्थमन्त्री जर्नादन शर्माको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।
बजेट निमार्णको समयमा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिको सुझाव भन्दै चौतर्फी विरोध भएपनि यस विषयमा प्रचण्डले प्रधानमन्त्री र सभासुखसँग छलफल गर्ने भएका हुन् ।
अर्थमन्त्रीबारे धेरै कुरा आएपछि यस विषयमा प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गने बताएका हुन् । शर्माले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी विरोध भएपछि प्रचण्डले यस विषयमा छलफल गर्ने बताएका हुन् ।
काठमाडौँ उपत्यकामा थप दुई बालकमा हैजा भेटियो,योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगे : काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उहाँका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उहाँले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताउनुभयो । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ । ९९९