केहि दिन अघि आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पाेट आएको छ । ह त्या हो या आ त्म ह त्या भन्ने बिषयमा प्रहरी नै दोधारमा रहेका बेला पोष्टमार्टम रिर्पाेट बाहिर आएको हो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट बारे चिकित्सकले प्रहरीलाई जानकारी दिई सकेका छन् ।
बिशेष स्रोतका अनुसार पोष्टमार्टम रिर्पाेटले आ त्म ह त्या नै हो भन्ने संकेत दिएको छ । अनुषन्धान प्रभावित हुने देखिए पछि प्रहरीले पोष्टमार्टम रिर्पाेट सार्वजनिक गरिहालेको छैन ।
यद्यपी प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गौतम मिश्रले पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताएका छन् । रिर्पाेटले उनको मृ त्यु घाँ टी थि चिए र नभएको देखाएको छ ।
शरीरमा अन्यत्र पनि कुनै चो टप टक नदेखिएकोले पनि झु ण्डि एरै आ त्म ह त्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।उनले आफ्नो मृत्यु हुनु भन्दा अगाडी आएका कुराहरु पत्ता लगाउनका लागि भिसेरा चेकको तयारी भईरहेको बताईएको छ । शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।
अब नेपालमा ठूलो भूकम्प आउने ख तरा : जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।
पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेका हुन् । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।
पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको छैन । नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियर बताउँछन् । ‘पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ’, उनले भने, ‘तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।’
दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उनले बताए । पानीको तापक्रम ६४.६ डिग्री देखिएको उनले जानकारी दिए । ग्यासको मात्रा सिओ–२ मात्रै छ ।
उनका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ । ‘यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो’, उनले भने।
नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आउनुभएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताए । उनी थप्छन्, ‘हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३÷४ महिना लाग्छ ।’
पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्मा बताउँछन् । ‘मैले भूकम्प मापन केन्द्र सुर्खेतमा बसेर काम गरेको हुँदा यो क्षेत्रमा साना भूकम्प धेरै जाने गरेको थाहा छ’, उनले भने ।