पूर्व राजा ज्ञानेन्द्र नेताहरुसाग देखिए रुष्ट, भने सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म र गद्दारीको जवाफ जनताले छिट्टै दिनेछन् काठमाडौं १४ असार । पुवै राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा जनता नै सर्वोपरी हुने बताएका छन् ।
जनता र माटोको नाता अटुट हुने भएकाले कोही कसैले अरूले उक्साएको भरमा क्षण भर पनि जनतालाई भ्रममा राख्न नसक्ने बताएका छन् । सामाजिक सञ्जा मार्फत पुर्व राजा शाहले सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गरेको बताएका छन् ।
‘प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्। जनता र माटोको नाता अटुट हुन्छ । कोही कसैले अरूले उक्साएको भरमा क्षण भर पनि जनतालाई भ्रममा राख्न सक्दैन।,’शाहले भनेका छन्, सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गर्दछ तर त्यो नबुझी मपाइँत्व राख्नु अहितकारी हुन्छ।’