Thursday, March 23
Shadow

जाँदा जाँदै छाडा बोलेर भाइरल बनेका मन्त्री प्रेम आलेलाई यस्तो व्यग्यं गरे किसान श्रेष्ठले

जाँदा जाँदै छाडा बोलेर भाइरल बनेका मन्त्री प्रेम आलेलाई यस्तो व्यग्यं गरे किसान श्रेष्ठले, आफ्नो कामलाई ९० नम्बर दिएका थिए आलेले

काठमाडौं १३ असार । निर्वतमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आज मन्त्री पदबाट बिदा लिएका छन् ।

सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा निर्वतमान मन्त्री श्रेष्ठले आफुले पदमा रहँदा गरेको कामको मुल्याकंन जनताले गर्ने भन्दै आफैंले आफैंलाई नम्बर दिन नहुने बताए ।

पदबाट राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले गरेको कामलाई आफूले ९० नम्बर दिने बताएपछि श्रेष्ठले भने आफैंले आफैंलाई नम्बर दिन नहुने बताएका हुन् ।

आलेलाई लक्षित गर्दै श्रेष्ठले भने , ‘यो काम गरें भनेर आफूले आफैंलाई नम्बर दिन चाहन्नँ’ नेकपा एकीकृत समाजवादीको सिफारिसमा मन्त्री बनेका उनले पार्टीले फिर्ता बोलाएको विषय सामान्य रहेको बताए ।

आफूलाई जसरी नै नयाँ आउने मन्त्रीलाई सफल बनाउन सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका उनले पदमा रहँदा आफु विवादीत भएर काम नगरेको बताएका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *