नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई आफ्नै आफैले बनाएका मन्त्रीले टालो बनाएर फालेको बताएका छन् । सामाजिक सञ्जालमास्टाटस लेख्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्’ हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला। म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ।’
एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाइसकेका छ तर प्रधानमन्त्री शेरबहादुर देउवाले भने त्यसको अझै कायौन्यन गर्न सकेका छैनन् ।