Saturday, March 25
Shadow

स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

प्रेमीकै घरमा पुगेर प्रेमीकी पत्नि र छोरीलाई लछापछार गरेर विबादमा तानिएकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको अनुसन्धान कहाँ पुग्यो ? कार्यदलले लियो पीडित महिलासँग बयान, अब कसरी अघि बढ्छ अनुसन्धान ?

काठमाडौं ९ असार ।
लुम्बिनी प्रदेश सरकारले गठन गरेको कार्यदलले तुलसीपुर पुगेर घटनाबारे सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएको छ।

स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न बनेको कार्यदलले घटनाबारे सत्यतथ्य अध्ययन गर्न उक्त टोली बुधबार तुलसीपुर पुगेर सरोकारवालाहरूसँग आवश्यक जानकारी लिई बिहीबार बिहान फर्किएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटनाबारे अध्ययन घटना भएको घरमै पुगेर पिडित पक्ष र प्रहरी अधिकारीसँग सोधपुछ र छलफल गरेको बताएका छन् ।

जेठ ३१ गते वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित बसपार्क नजिकैको एकराज बस्नेतको घरमा पुगेरउनकी श्रीमती मीना भण्डारी छोरमिाथि हातपात गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *