एमालेका नेता सूर्य थापाले रवि लामिछानेको नयाँ पार्टीलाई गैरकानुनी भएको टिप्पणी गरेका छन् । मंगलबार रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि थापाले रविको पार्टीप्रति आपत्ति जनाएका हुन् । कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो।
व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन।’ रविले गठन गरेको पार्टीप्रति उनकै दाइ हरिशरणले समेत विरोध जनाएका थिए ।