हप्तामा नै एक पटक बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न बिद्यार्थी संगठनहरुले सरकारलाई दबाब दिइरहेका छन् । बिद्यार्थीहरुको आन्दोलन र सर्वसाधारणहरुको पिरलो र अप्ठ्यारोलाई बेवास्ता गर्दै सरकारले तत्कालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नसक्ने बताएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिक्री वितरण कानून र नीतिगत व्यवस्था अनुसार नगरिएको भन्दै प्रतिपक्षी दललगायतको चर्को विरोधसँगै सभामुख अग्नि सापकोटाले रुलिङपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यात्मक भएको र यो अझै बढ्न सक्ने समेत उनले बताए ।
सासंसदहरूले पेट्रोलियम पदार्थ खरिदका लागि भारतको विकल्प खोज्न र सस्तो बजार खोज्न सुझाव दिइरहेका बेला मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल फिर्ता लिन नसक्ने अवस्थामा सरकार भएको प्रतिक्रिया दिएका छन् ।
मन्त्री बडुले लाचार हुँदै भने अन्तर्राष्ट्रिय बजारले इन्धनको मूल्य निर्धारण गर्ने भएकाले मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक रहेको जवाफ दिए । पर्याप्त विकल्प भए पनि अन्तर्राष्ट्रिय बजारले मूल्य निर्धारण गरेर नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै सरकार सँधै गैरजिम्मेवार बन्दै आइरहेको छ । उसलाई गरिब सर्वसाधारण र आम जनाताको कुनै प्रवाह भएको देखिँदैन ।