Thursday, March 30
Shadow

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रस्तावित चुनाव चिन्ह घण्टी, चुनाव चिन्ह घण्टी देखाउँदै भने अब घण्टी बजाउने बेला आयो

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए ।

सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए । त्यस्तै रविले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको समेत सो कार्यक्रममा जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *