Thursday, March 30
Shadow

काठमाडौँका हजारौँ जनताले मन पराएका बालेन शाहलाई किन आरजुले देख्न सकिनन् ? किन उठाइन् बालेनले चुनावमा ठूलो रकम खर्च गरेको कुरा ?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बालेन्द्र शाहले फेसबुक ग्रुप परिचालन गरेर चुनाव जितेको आरोप लगाएकी छिन् । बालेन सहित स्वतन्त्र उम्मेदवारहरूको जितमा सामाजिक सञ्जाल निर्णायक भएको उनले दाबी गरिन् । पर्वतमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जति पनि स्वतन्त्र उम्मेद्धारले चुनाव जितेका छन् उनीहरुले एउटा न एउटा ग्रुप परिचालन गरेर चुनाव जितेको जिकिर गरिन् ।

यति मात्र हैन उनले बालेनले ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा पैसा खर्च गरेको समेत आरोप लगाईन् । उनले भनिन् अहिले म ओपन्ली भन्न चाहँदिन, उहाँले कतिमा हायर गर्नुभयो ? यत्रो ठूलो आउटरिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्‍यो ।

एनालिसिस गर्‍यो । राजनीति हो एभ्रि थिङ इज फेयर भन्छ । अब हामीले के गर्ने ? ‘अहिले जो पनि पोलिटिक्स गर्ने भएको भन्दै उनले एक्टर पनि एक्टिङ छाडेर पोलिटिक्स गर्ने, पत्रकार पनि पत्रकारिता छाडेर पोलिटिक्स गर्ने बताईन् ।उनले आफ्नो श्रीमान् तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भने बचाव गर्दै गुणगान गाईन् । प्रधानमन्त्री देउवा बिहान उठेदेखि नसुतेसम्म व्यस्त रहेको प्रसङ्ग निकाल्दै उनले सत्तामा बस्न सजिलो नभएको बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *