Saturday, March 25
Shadow

प्रचण्डकी नातिनी सृष्टि विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी सृष्टि केसी ९दाहाल० यति बेला चर्चामा छिन् । चर्चामा आउनुको कारण हो उनी विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा मनोनि हुनु । स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सृष्टि सृष्टि लामो समय अखिल क्रान्तिकारीमै रहेकाले अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा मनोनित गरेकी हुन् ।सृष्टिको योगदानको कदर गर्दै उनलाई केन्द्रीय समितिमा ल्याइएको अध्यक्ष पञ्चा सिंहले बताइन् ।

त्यस्तै यता नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ । हिजो पञ्चायतमा पनि देखिँदैनथ्यो, प्रतिपक्षीलाई ।’आरोप लागेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्न अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताको छानबिन हुनुपर्ने र यसका लागि एमाले प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्रीलाई राजीनाामा दिन आग्रह गर्दै उनले भने, ‘एमालेलाई नलकार्न भन्छु, राजीनामा दिनुहोस् ।’अर्थमन्त्री शर्माको जवाफ सुन्न जनताले चाहँदैन भन्दै बास्कोटाले एमालेले आर्थिक विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले दिने जवाफ नसुन्ने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिए । यसपछि एमालेले बैठक बहिस्कार गरेको छ भने अर्थमन्त्री शर्माले जवाफ दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *