Thursday, March 30
Shadow

राइड सेयरिङमा नयाँ आयाम थप्दै ‘सजिलो’ एप, यस्ता छन् विशेषता

काठमाडौं – सूचना र प्रविधिको विकाससँगै नेपाल भित्र्याईएको राइड सेयरिङ एपको लोकप्रियता अहिले बढ्दै गएको छ । मानिसलाई दैनिक बस वा ट्याक्सीको यात्रामा कठिन हुने भएपछि सेयरिङ एपमार्फत हुने राइडिङको लोकप्रीयता बढ्दै गएको हो ।

अहिले नेपालमा २ करोड मानिस इन्टरनेटको पहुँचमा छन् । व्यापार व्यवसायदेखि यातायातको काम इन्टरनेटको माध्यम बाट गरिन्छ । हाल नेपालको आफ्नै धेरै एपहरु बनेका छन् । त्यसको आ–आफ्नै विशेषता छ । यस्तै मध्यको एक हो ‘सजिलो’ एप ।

सजिलो साथीले गत बैशाख १ गते देखि तत्कालका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा दिने गरी नयाँ राइड शेयरिङ एप ‘सजिलो’ सुरु गरेको छ । बैशाखबाट तीन महिनाका लागि बेटा भर्सनमा ‘सजिलो’ ल्याएको कम्पनिले तीन महिना पछि अर्थात साउन देखि बजार भर्सनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सजिलो साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमिर लामाका अनुसार सजिलोले अहिले उपभोक्ताहरुलाई मोटरसाईकल, ट्याक्सी र समान बोक्ने (हात्ती) गाडी को सेवा उपलब्ध गराउँदै आएको छ ।

सिईओ लामाका अनुसार सजिलो साथीले हालका लागि ६ महिना सम्म राइडरहरुलाई कमिसन फ्री गरिने घोषणा गरेको छ । जस अनुसार आगामी असोज मसान्त सम्म ‘सजिलो’ मा आबद्ध हुने राइडरहरुले कम्पनिलाई कुनैपनि शुल्क बुझाउनु पर्दैन । ६ महिना पछि पनि राइडरहरुलाई फाइदा पुग्ने गरी सेवा दिने योजना तय भएको कम्पनिले जनाएको छ ।

लामाका अनुसार सेवाग्राहीले राइड अनुरोध गरेको २.५ मिनेट भित्र कुनैपनि राइडरले अनुरोध स्वीकार नगरेको खण्डमा सेवाग्राहीले सिधै एडमिनलाई फोन गरेर निशुल्क राइडर बोलाउन सक्ने व्यवस्था उपलब्ध गराएको छ । तर त्यस्तो परिस्थितिमा भने राइडर आउन केही समयमा लाग्ने छ ।

सिईओ लामाले भने, ‘राइडरले अनुरोध स्वीकार नगरेर ग्राहकले सिधै हाम्रो एडमिनलाई खबर गर्दा अर्को राइडर ग्राहक सम्म पुग्न भने लोकेशन हेरेर २० देखि २५ मिनेट सम्म चाहिं लाग्न सक्छ ।’ सिईओ लामाका अनुसार सेवाग्राहीले प्रत्येक राइड प्रयोग गरे बापत २० रुपैयाँ छुट हुने र प्रत्येक १० राइड लिए बापत १५ प्रतिशत क्यास व्यक समेत गरिने छ ।

त्यसैगरी राइड शेयररिङ एप ‘सजिलो’ निकै नै सस्तो, भरपर्दो र सुरक्षीत रहेको कम्पनीले दाबी गरेको छ । देशकै उत्पादन भएकाले पनि ‘सजिलो’ एप राइडर र सेवाग्राही दुबैका लागि सस्तो भएको कम्पनीका सिइओ लामाले दाबी गरे । ‘सजिलो’ ले दिने सेवा सस्तो सुलभ र सुरक्षाका दृष्टीकोणबाट पनि निकै नै भरपर्दो रहेको कम्पनिको दाबी छ ।

अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र रहेको ‘सजिलो’ एपको सेवालाई निकट भविष्यमा नै देशभर विस्तार गर्ने योजना रहेको सिईओ लामाले बताए । सजिलो साथीको सेवा लिन सेवाग्राहीले गुगल प्ले स्टोर र एप स्टोरमा गएर सजिलो साथी सर्च गरी डाउनलोड गरेर सेवा लिन सकिने छ ।

एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका सिईओ लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *