झापा, ५ असार ।
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई)मा मेडिकल कलेज खोल्ने बताएका छन् ।
झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’
नेपाल भ्रमणमा रहेका युएईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।
बैठकमा अनुपस्थिति भएका देउवाले बैठकको अपमान गरेको भन्दै आलोचना भएपछि बचाउमा उत्रिए कांग्रेस सांसदहरु : काठमाडौं ५ असार । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउ गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि कांग्रेसका सांसदहरुले देउवाको बचाउ गरेका हुन् ।
समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको भन्दै देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएकी छन् ।
‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै कांग्रेसकी सचेतक पुष्पा भुसालले आफुहरुले बोलाउँदा आउने प्रधानमन्त्री समय के भयो त्यस आधारमा बुझ्नुपर्ने भन्दै अपमान शब्द प्रयोग नगर्न आग्रह गरेकी छन् ।
त्यसैगरी, देउवाको बचाउ गर्दै सांसद दिव्यमणी राजभण्डारीले पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन बताएका छन् ।