Thursday, March 30
Shadow

उडिरहेको विमानमा एक्कासी आगो लागेपछि खैलाबैला…

पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ ।

विमानको बायाँ इन्जिनबाट धुुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ । इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् ।

विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

बैठकमा अनुपस्थिति भएका देउवाले बैठकको अपमान गरेको भन्दै आलोचना भएपछि बचाउमा उत्रिए कांग्रेस सांसदहरु : काठमाडौं ५ असार । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउ गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि कांग्रेसका सांसदहरुले देउवाको बचाउ गरेका हुन् ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको भन्दै देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएकी छन् ।

‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै कांग्रेसकी सचेतक पुष्पा भुसालले आफुहरुले बोलाउँदा आउने प्रधानमन्त्री समय के भयो त्यस आधारमा बुझ्नुपर्ने भन्दै अपमान शब्द प्रयोग नगर्न आग्रह गरेकी छन् ।

त्यसैगरी, देउवाको बचाउ गर्दै सांसद दिव्यमणी राजभण्डारीले पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *