नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ रु यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’
एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । त्यसका लागि चलेखल भइरहेको उनको दाबी छ ।
‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्व स्त पार्दै छौं,’ उनले भने ।
यस्तै अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएसँगै नेपाली सेना र अमेरिकी सेनाबीचको सम्बन्धबारे सबैको चासो बढेको छ । दुई मुलुकबीचको सैनिक सम्बन्ध पछिल्लो समय बढ्न थाले पनि माओवादी द्वन्द्वकालदेखि नै यसले निरन्तरता पाएको देखिन्छ ।
माओवादी द्व न्द्वकालदेखि नै नेपाली सेनाले अमेरिकी सेनाको विशेष फौजसँग सहकार्य गर्न थालेको हो । २०५८ सालमा नेपालमा माओवादीको सशस्त्र द्व न्द्व उत्कर्षमा पुगेकै बेला तत्कालीन अमेरिकी विदेशमन्त्री कोलेन पावेलले नेपालमा औपचारिक भ्रमण गरेका थिए ।