दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको लौरो सुनको नभएको बताइएको छ। साथै राजकुमार भिनिएका जुमा अल मोक्तुम पनि राजकुमार होइनन् ।
दुवई युनाइटेड अरब इमिरेट्स(यएई) भित्रका सात प्रान्त मध्ये एक प्रान्त हो। सो प्रान्तका शासक मोहम्मद बिन रशिद अल मोक्टोम हुन्। उनी हाल युएइका उप राष्ट्रपति ,प्रधानमन्त्री र रक्षा मन्त्री समेत रहेका छन्। उनका छोरा शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतूम त्यहाँका राजकुमार हुन्।
तर, व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा नेपाल आएका (राजकुमार) भनिएका शेख मोहम्मद बिन मकतौम बिन जुमा अल मकतौम, दुबईको शाही परिवार अल मोक्टोमका एक सदस्य मात्र हुन्।
राजकुमार भनिएका मोक्तुमले प्रसाईंलाई झापास्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने लौरो उपहार दिएका थिए। उपहारमा पहेँलो लौरो प्राप्त भएपछि उक्त लौरो सुनको भएको अनुमान गरिएको थियो। लौरो प्राप्त भएपछि यस विषयमा बुझ्दा उक्त उपहार सुनको नभएको स्रोतले बतायो ।
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अनविज्ञ रहेको सुनको लौरोको रहस्यबारे भने अनुसन्धान भने जरुरी छ । एभरेस्ट दैनिक