Thursday, March 23
Shadow

दिन आएपछि यस्तो पनि हुन्छ, निदाएर ब्युझिँदा एकाएक करोडपति !

अस्ट्रेलियाको मेलबर्नका एक व्यक्ति एकरातमै करोडपति बनेका छन् । बेलुकी सुतेर बिहान उठ्नेबेलासम्म उनी करोडका मालिक भैसकेका थिए ।
उनलाई एक रातमै २२ करोडभन्दा बढीको चिठ्ठा परेपछि उनी क्षणभरमै यतिधेरै धनि भएका हुन् ।

उनले किनेका दुईवटा चिट्ठामध्ये दुईवटै चिठ्ठा उनैलाई परिदियो । उनी राती ब्युँझिएको समयमा समय कटाउन जब टिभी खोलेका थिए, टिभीले उनलाई परेको चिठ्ठाको नम्बर भनिरहेको थियो ।

सुरुमा त पत्यार नलागेपनि पछि निश्चित भएपछि भने उनी औधी खुशी भए । एकै रातमा करोडौंको मालिक बनेका यी व्यक्तिले चिट्ठामा परेको पैसाले विश्वभ्रमण गर्न चाहेको बताएका छन् । – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *