अस्ट्रेलियामा एक यस्ता व्यापारी छन् जो आँफैले आँफैलाई प्लेब्वाय सम्झन्छन् । उनि विवादित पार्टी दिने नामबाट संसारभर चर्चामा रहन्छन् ।उनको नाम हो ट्रेवर्स बेनोन जसलाई क्याण्डीम्यानको नामबाट चिनिन्छ । बेनोनका १० जना गर्लफ्रेण्ड छन् ।
सबैभन्दा बढि विवादमा त्यतिबेला आएका थिए जतिबेला उनले आफ्नी पत्नी ताएशा र अर्की एक महिलालाई कुकुर जसरी बाटोमा हिँडाएका थिए ।अहिले उनि फेरी विवादमा छन् किनकी उनले डिसेम्बरमा दिएको पार्टीमा आएका अधिकांश मानिसहरु बिरामी परे र डाक्टर नै बोलाउनु पर्यो ।
अपशब्द बोलेर भाइरल बनेका मन्त्री आलेलाई माधव नेपालले फिर्ता बोलाउँछु भनेको केही घण्टामा नै मन्त्री आले प्रसिद्ध शक्तिपीठ हानिए, के अब सुध्रिएलान् त मन्त्री आले
डोटी-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सनिबार प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गर्नुभएको छ ।उहाँले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गर्नुभएको हो ।
उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै सनिबार शिलान्यास गर्नुभएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।
बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेका भनाइ छ । प्रत्येक वर्षको मङ्सिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।