Friday, March 24
Shadow

अपशब्द बोलेर भाइरल बनेका मन्त्री आलेलाई माधव नेपालले फिर्ता बोलाउँछु भनेको केही घण्टामा नै मन्त्री आले प्रसिद्ध शक्तिपीठ हानिए

अपशब्द बोलेर भाइरल बनेका मन्त्री आलेलाई माधव नेपालले फिर्ता बोलाउँछु भनेको केही घण्टामा नै मन्त्री आले प्रसिद्ध शक्तिपीठ हानिए, के अब सुध्रिएलान् त मन्त्री आले

डोटी-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सनिबार प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गर्नुभएको छ ।उहाँले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गर्नुभएको हो ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै सनिबार शिलान्यास गर्नुभएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेका भनाइ छ । प्रत्येक वर्षको मङ्सिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *