काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको हो ।
महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।
तर, यो बैठक प्रत्यक्ष प्रशारण नहुने भएको छ। आजको बैठक पनि अनौपचारिक भएका कारणले लाइभ नभएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह निर्वाचित भएपछि कार्यपालिका बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका थिए। यसअघि बसेका २ वटा बैठक भने लाइभ भएको थियो।
कार्यपालिका सदस्यहरुको यसअघि बसेको अर्को एउटा बैठक पनि लाइभ भएको थिएन। त्यसलाई अनौपचारिक छलफल भन्दै लाइभ नगरिएको महानगरपालिका सचिवालय स्रोतले जानकारी दियो।