Thursday, March 30
Shadow

बालेन शाह, राजेश हमाल, रवि लामिछाने, बिजय लामा र ज्ञानेन्द्र शाहिले देश हाक्ने कन्फर्म

काठमाडौ। नेपाली चलचित्र उद्योगका महानयक हुन् राजेश हमाल। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्।

हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ। कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ।

हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।

उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन्। हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर सार्वजनिक भएको छ।

त्यस्तै, अभियानत्ताबाट आफ्नो परिचय दिएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातान्त्र पार्टी मा प्रवेश गरे पछि राप्रपामा नया अयाम आएको छ। देश भरी बाट विभिन्न पार्टी परित्याग गरेर उनका समर्थकहरुको प्रवेश गर्ने ठुलो जन लहर चलेको देखिन्छ। हाल उनी राप्रपाको प्रबक्ता भै काम गरिरहेका छन्।

हिजो मात्रै ज्ञान बहादुर शाहिले संचारकर्म छोडी अब, आजीवन राजनितीमा लाग्ने प्रण गरेका रबि लामिछानेलाई बधाई दिएका थिए। र उनले भनेका थिए, ‘राजनीतिमा स्वागत छ, भ्रष्टाचारमुक्त नेपाल हाम्रै पालामा मिलेर बनाउनुपर्छ।’

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *