सेलेब्रेटीहरू हरेक क्षण दर्शकहरुको नजरमा रहेका हुन्छन । उनीहरुले गरेको काम कार्यलाई सबैले नजर लगाईरहेका हुन्छन । उनीहरुले गरेको कामको जति चर्चा हुन्छनी उनीहरुले गरेको एउटा सानो गल्तिले पनि उनीहरुलाई धेरै घाटा हुन पनि सक्दछ । म्ररी सदुपयोग गर्न सके जीवन सम्हालिएर काबुमा राख्न नसक्दा जीवनभर दाग लाग्ने मात्र हुन्छ । अझ सेलेब्रेटीहरुले त झन निकै सतर्कता अपनाउनु पर्ने हुन्छ ।
सानो तिनो हेलचेक्र्याइँ पनि सेलिब्रेटीहरुको जीवनमा ठूलो महत्व राख्छ । त्यसैले त भनिन्छ ‘नाम कमाउन जति गाह्रो हुन्छ बद्नाम हुन् त्यो भन्दा कयौ गुणा सजिलो हुन्छ ।’ प्रसंग हो नेपाली हिरोइनहरुको चर्चामा आउने स्टाइलको । हामीले यहाँ केहि नेपाली हिरोइनहरुको जानकारी पस्किने छौ जो कुनै बेला ह्वात्तै तातेर अहिले स्वात्तै सेलाएका छन् ।
सुस्मा कार्की चलचित्र ‘लुट’ मा उध्रेको चोली देखाएर हिट बनेकी सुष्मा त्यसपछि सेलाइन । अचेल पनि बिभिन्न त्यस्तै म्युजिक भिडियोहरु गरिरहेकी छन् ।
सुभेच्छा थापा मिस नेपाल फिल्ममा माछालेब क्षस्थलछोपेकी सुभेच्छा अझै पनि बिबादित चर्चामा छिन । उनको फिल्म बिन्दास ३ पनि बिबादित बन्यो । उनलाई कलाकार संघले ६ महिना निष्कासन गर्यो।
बिनिता बराल चपली हाइटगर्ल बिनिता अचेल खेतीपातीमा ब्यस्त छिन । चपली हाइटमा चर्को अभिनय गरेर एकाएक शिखर चुमेका उनले त्यसपछि फिल्म लाइन नै छोड्न बाध्य भइन । मिडियामा हंगामा मच्चाएर फिल्म हिट बनाउने रणनीतिस्वरूप फिल्मलाई त फाइदा नै भयो चपली हाइट हिट भयो । तर हिरोइनले सोचेझैँ उनको हातमा भटाभट फिल्म परेनन् ।
जिया केसी दीपक श्रेष्ठ निर्देशित ‘हो यही हो माया’ मा काम गर्दा अभिनेत्री जिया केसीको राम्रै तारिफ भएको थियो ।जियाले युज, एटीएम, लगायतका फिल्ममा काम गरिन् । ती फिल्मका प्रोमो धेरै दर्शकले हेरे पनि उनको अभिनयलाई लिएर धेरैले नकारात्मक प्रतिक्रिया दिए । त्यसपछि अन्य निर्माताले जियालाई लिने हिम्मत गरेनन् ।
सोनिया केसी सिलसिला फिल्ममा राज तिमिल्सिनासँगै सिन दिएर एकाएक चर्चामा आएकी सोनिया केसी पनि लामो समय टिकिनन् । उनले राज भाइ नामक फिल्ममा पनि खुलेरै प्रदर्शन गरिन् । तर, त्यो फिल्म रिलिज नै भएन । सोनिया फिल्म अभिनयबाट ओझेलमा परेकी छिन् ।
सोनिया शर्मा एटिएमका साथै करामत, ढुंगेयुग, कुर्वानलगायतका फिल्ममा अभिनय गरेकी सोनिया पनि फिल्म अभिनयबाट टाढिएकी छिन् । एटिएममा जियासँगै काम गरेकी सोनिया शर्मा पनि जियाकै पथमा थिइन् ।
चर्चामा आइन्छ भन्ने मान्यतासँग सहमत सोनियाले पनि एटिएममा आफुलाइ छरपष्ट पारेकी छिन् । उनको त हालत जियाको भन्दा पनि खराब भयो । त्यसपछि केही गीतमा मात्रै सीमित भइन् उनी ।
सबिना कार्की चर्चामा आउनकै लागि आफ्नो पोटिलो ज्यान क्यामेराको सामु प्रस्तुत गरेकी सबिना कार्कीसँग पनि अहिले अभिनय प्यास मेटनका लागि लोकगीतमा नाच्नुको विकल्प छैन । सबिनाले भने आफ्नो गल्ती स्विकार्दै आगामी दिनमा त्यस्ता फिल्ममा नखेल्ने घोषणै गरेकी छिन् ।
सुमिना घिमिरे अर्का हिरोइन सुमिना घिमिरे पनि एकताका फिल्ममा निकै देखिइन् । उनले नाइन ओक्लोक, लभ फरएभर, स्टार, हेलो डार्लिङजस्ता फिल्ममा आफूलाई खुलेर प्रस्तुत गरिन् । दुलहीजस्तो सरिफ फिल्ममा शीर्ष भूमिका हेरेका दर्शकले कपडा खोलेकी सुमिनालाई मन पराएनन् । फलस्वरूप उनले अभिनय गरेका फिल्म फ्लप मात्र भएनन्, हुँदाहुँदै उनको हातमा फिल्म पर्नै छाडे । उनि अहिले बिहे गरि घरजममा छन् ।
झरना बज्राचार्य हिन्दी फिल्म लभ इन नेपालमा गरेको ओभर एक्सपोजका कारण झरना बज्राचार्य निकै आलोचित भइन् । एक त उनले अभिनय गरेका नेपाली फिल्म हिट भएनन् नै, हिन्दी फिल्मबाट पनि उनले सास्ती नै व्यहोर्नुपर्यो । अन्ततस् उनले पनि फिल्मलाई माया मार्दै गृहस्थ जीवन रोजिन् ।
महिमा सिलवाल चरश, मिसन फोर ट्वान्टी लगायतका फिल्ममा काम गरेकी महिमा सिलवाल अहिले पनि सानातिना ब्यानरका फिल्ममा काम गर्दैछिन् । महिमाले अरुले जति चर्चा अहिलेसम्म पाएकी छैनन् ।
उषा खरेल विजय गोपाल दली र सुरज आरडीले निर्माण गरेको ‘रिङरोड’ नामक फिल्ममा उषा खरेलले खुलेरै दृश्य दिइन् । हिट भइहाल्छु भन्ने ठानेकी उषालाई न कसैले चिने, न खोजे । फिल्म आए गएको पत्तो भएन ।
निलु रायमाझी मदन घिमिरेको निर्देशनमा बनेको आमाको माया फिल्ममा बच्चालाई स्तनपान गराएको दृश्य दिएकी अभिनेत्री निलु रायमाझी केही समय चर्चामा छाइन् । तर, पछि उनलाई त्यही चर्चा घाँडो भयो । उनलाई खोज्न पनि अहिले गुगलको सहारा चाहिएको छ ।
तुलसा सिलवाल सम्पत्ति फिल्ममा स्विमिङकस्टम लगाएकी सिनोरा मित्री, धर्म र सान्नानीमा खुलेरै गरेकी तुलसा सिलवाल पनि अचेल बेपत्ता छिन् ।