Saturday, March 25
Shadow

लोग्ने भनेको स्वा’स्नीको शरीर बलिया हुँदा मात्र आफ्नो हुने रहेछ

५ बर्षकी छोरीकी आमा भै सकेकी एकजना सफा च’रित्रकी साथीले पहिलो पल्ट मलाई सुनाई के गर्नु यार सुष्मा बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ, आफूलाई नि’न्द्रै लाग्दैन । केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को स’मस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र छोरीको त वास्ता ब्यास्ता गर्दैन फेसबुकमा मात्रै झुण्डि रहन्छ ।

मैले श्रीमान श्रीमतीबिचको कुरा सम्झेर उसलाई सम्झाएँ । उ अफिसमा काम गर्छे लोग्ने र छोरीको पनि राम्रै ख्याल राखेकी छ। बुढा बुढीमा हुनुपर्ने सबै ब्य’वहार सामान्य छ । दुवै पट्टीका परिवारका प्रिय बुहारी ज्वाईं हुन् । पैसा छ, सुविधा छ सबै राम्रो छ तै पनि उसले पछिल्लो समय पटक पटक यो कुरा दोहोर्याईरहेकी छ ।

उ शिक्षित महिला हो, श्रीमानलाई चौपट्टी माया गर्छे, तर पनि उ खुशी छैन भन्ने अर्थमा समाजले त उसलाई चरित्र गलत भएकी, सेक्स धेरै चाहिने रहेछ त्यही भएर बुढासंग रि’स उठेको भन्न मात्र जानेको छ । लोग्नेलाई उसले यो कुरा राख्नै सक्दिन किनकी उसको श्रीमानले बुझेको से’क्स भनेको लोग्ने मा’न्छेको वि’र्य स्ख’लन मात्र हो त्यसमा स्वास्नीको क’र्तव्य लोग्नेको ईसारामा श’रिर मिलाउनु मात्र हो ।

अर्को पटकको भेटमा उसको गु’नासो फरक देखियो ‘खै यार जिन्दगी बर्वात भयो मेरो त पहिले त सोच्थें से’क्स हाम्रो स”मस्या हो अहिले आएर लाग्छ यसले मलाई मन नै पराउँदैन मायाँ नै गर्दैन । उसले उदाहरणहरु पेस गर्दा मलाई पनि दिक्दार लाग्यो यो पटक । पछिल्लो पटक भन्न थालेकी छ ‘मलाई झुण्डेर मर्दिउँ जस्तै लाग्छ, छोरीको बिजोग हुन्छ भनेर मात्र हो ।

यस बिषयमा कुरा गर्न खोज्यो भने उसले असले उल्टो कसको आड पाएर म संग निउँ खोजेकी छस् भनेर बखेडा गर्छ । अथवा कसले सिकायो तलाई भनेर शंका गर्छ । अर्की दिदीले पनि आफ्नो स’मस्या सियर गरिन् छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो दुनिया केटीसंग लागेको छ भनेर सुनाउँछन्, जीन्दगी यस्तै रहेछ बैनी ।

लोग्ने भनेको स्वा’स्नीको श’रिर ब’लियो हुँदा मात्र आफ्नो हुने रहेछ । केहि बर्ष पहिले म डेरा गरेर बस्ने घरको पल्लो घरमा एकजना २७ बर्षकी युवती बस्थिन उनको १ वटा छोरा थियो हुर्किसकेको । कसो कसो उनि र म साथी बनेका थियौं । मिल्न थालेपछि उनले सुनाएकी थिईन् सुष्मा मेरो त १४ बर्षको हुँदा ३१ बर्षको केटासंग बिबाह भएको हो । बिचार नमिलेपनि छोरा जन्मियो ।उ

सको माया नै नलागेपनि अरुसंग जान सकिन समाजको ड’रले । म अहिले कसैको प्रेममा छु यो कुरा थाहा भयो भने मलाई त वे’श्या नै सम्झ न्छन् किनकी उसंग मेरो शा’रिरीक स’म्बन्ध पनि छ । मैले कोशिष गरेको हुँ आफ्नै लोग्नेबाट माया पाउन तर खै के मिलेन मिलेन । उसलाई सुनाउँ भने आफ्ना बानि सुधार्न मायाले फकाउन भन्दा कसले सिकायो यो कुरा भनेर उल्टो खेप्छ ।

आईमाई मन त हो, मायाले बोलोस् कियर गरोस संगै घुम्न जाउँ, जस्तो लाग्दोरहेछ । उसले मेरो वे’वास्ता गर्दा म नचाहँदा नचाहँदै पनि अर्कैको मायाँमा परें । यी त प्रतिनिधी पात्र र उदाहरण मात्र हुन् । धेरै अघि देखी म यौ’नले निम्त्याउने स’मस्या माथी कथा लेख्दै आएकाले पनि म संग यस्ता समस्याका चाङ नै छन् । मेरो बिचारमा यौ’न कुण्ठा र त्यसले निम्त्याउने दु’र्घटना सा’मान्य कुरा होईनन् ।

सं’भोगका लागि स्त्रि शरिर र मन पनि उत्तीकै सक्रिय हुन्छ जति पुरुष शरिरर मन हुन्छ । तर हाम्रो समाजमा श्रीमतीलाई मन लाग्यो भनेपनि श्रीमानले कहिले आफैं भन्देला भनेर कुर्नु पर्छ श्रीमानलाई मन लाग्यो भने अनुमती सम्म माग्नु पर्दैन । एउटै घरका लोग्ने स्वास्नी लोग्ने रा’ती अवेर आएर सजिलै भन्छ यार साथीहरु थिए आउनै दिएनन् त्यो समय श्रीमानले यो बुझ्दैनन् कि साथी त बुढीका नि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *