Thursday, March 23
Shadow

सुधन धिताल निर्देशित ‘ठेकीमा मदानी’मा सुधिर र सुपाको रोमान्स ( भिडियो )

गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर आवाजमा सजिएको ‘ठेकीमा मदानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ। स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन्।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सुधिर श्रेष्ठ र सुपा खनाल बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ। सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन्। भिडियोमा सुबाश देवकोटाको सम्पादन रहेको छ।

मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो। ‘क्ल्यासिक फ्रेम मुभिज’को आधिकारिक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *