Saturday, March 25
Shadow

टुटल, पठाओजस्ता राइड सेयरिङको लागि नयाँ नियम

राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।

विद्युतीय सूचना प्रणाली (एप)मार्फत दुई पांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपाँग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्नेछ ।

एपमार्फत दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी, कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुराको सपट्टा–१ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो । सुदुर पश्चिम प्रदेश ०१–०१०–प ९६०३ नम्बरको मोटरसाईकल गएराती साढे १० बजे दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *