Thursday, March 23
Shadow

आलेलाई तत्काल राजीनामा दिन माधव नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

पाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर आएपछि अध्यक्ष नेपालले आफूले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए ।

रिपोर्टर्स नेपाल डठकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष नेपालले भने–‘मन्त्रीको यस्तो अडियो बाहिर आएपछि मैले उहाँलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छु, यो शोभनीय कुरा भएन ।’

मन्त्री आले पटक पटक विवादमा मुछिएका छन् । यसअघि पनि उनले भारतमा बस्ने एक नेपालीलाई फेसबुक मेसेन्जरमार्फत गा लीगलौ ज गरेको अडियो बाहिर आएको थियो ।

मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेको समाचार आज अन्नपूर्ण पोष्टले लेखेको छ । एकीकृत समाजवादीले यसअघि नै पर्यटनमन्त्री आलेसहितका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *