Thursday, March 30
Shadow

मरेको १० घण्टापछि जलाउने बेलामा ब्युँझिएकी महिलाको यमराजसँग भेटेको दावी

मरेको मान्छे पनि ब्यूँतिएला त ? असम्भव । अझ मरेको मान्छे ब्यूँतिएर यमराजसँग आफूले भेटेको दावी गर्यो भने त विश्वास गर्नै गाह्रो हुन्छ । तर कहिलेकाहीँ यस्ता घटनाहरु पनि सुन्नुपर्ने हुन्छ ।

हाम्रै छिमेकी मुलुक भारतमा एकजना ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्यूँतिन् र उनले ब्यूँतिसकेपछि आफूले यमराजलाई भेटेको दावी गरेकी छिन् ।

भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ मा मृत्यु भएपनि घाटमा लगेर अन्त्येष्टी गर्ने बेलामा करिब १० घण्टापछि ब्यूँतिएकी थिइन् ।

उनी ब्यूँतिएपछि घाटमा जम्मा भएका सबै मानिस डराए र अचम्म माने । उनलाई घर फिर्ता लगियो र सोधियो कसरी यस्तो भयो ? कैलाले भने यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएको बताईन् ।

उनका अनुसार यमलोकमा पुगेर उनको कागजात हेर्दा उनको मृत्युको समय नै पुगेको रहेनछ । र उनलाई धर्तीमै ल्याएर छाडिएको रे । हेर्नुस् त यो अचम्म !

Leave a Reply

Your email address will not be published. Required fields are marked *