Friday, March 24
Shadow

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मुल्य सुची यस्तो छ

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

नयाँ लागत मूल्य अनुसार निगमको मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको छ। निगमले पाक्षिक अनुमानित घाटा चार अर्ब ८१ करोड ९१ लाख रुपैयाँ हुने विज्ञप्तिमा उल्लेख गरेको छ।

जसमा डिजेलबाट सबैभन्दा धेरै (२.९१५३ अर्ब) घाटा छ भने सोपछि एलपी ग्यास र पेट्रोलमा क्रमशः एक अर्ब १४ करोड र करिब ९५ करोड रुपैयाँ रहेको छ।यस्तो छ नयाँ खरिद लागत, बिक्री मूल्य र नाफा/घाटाः

यस्तै महँगिएको खानेतेल लिटरमै ३० रुपैयाँसम्म मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यहाँ मूल्य घटेको हो।तेलको मूल्य लिटरमा २० देखि २५ रुपैयाँ मूल्य घटेको हो। ‘अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य १० प्रतिशतसम्म घटेको छ।

भारतमा खानेतेलमा शुन्य भन्सार दरका कारण चोरीपैठारी बढेको छ भने खानेतेलको बिक्रीनै छैन। ‘बिक्री कम भएर स्टक बस्न थालेपछि उद्योगीलेनै मूल्य घटाउन थालेका हुन्।

एक महिना अघि सूर्यमुखी तेल कार्टुनमा ३३ सय देखि ३५ सय रुपैयाँ थियो। अहिलेे यो घटेर ३ हजारदेखि ३२ सय रुपैयाँमा आएको छ। भटमासको तेल कार्टुनको तीन हजार रुपैयाँदेखि ३२ सय रुपैयाँसम्म थियो।

यो घटेर अहिले २८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म आइपुगेको छ। सामाखुशीस्थित गोरखकाली स्टोर्सका कृष्ण भट्टका अनुसार सूर्यमुखी तेलको मूल्य लिटरको २ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ। एक महिना अघि यो तेलको मूल्य लिटरको ३ सय १० रुपैयाँ थियो।

 

3 Comments

  • ???? ???? ??? ?????????? ???????? ?????, ???? ????? ???? ????? ? – Raibarnews

    “” very interesting,Admin – please read!

    Наступила эра технологического прогресса, в которой даже невозможное становится возможным, а недоступное – доступным. Большое количество разных интернет ресурсов предоставляют безграничный доступ к любым услугам и товарам. Из огромного количества веб-сайтов ярче всех выделяется ссылка онион на официальный сайт для тор hydra: https://xn--hydrarzxpnew4af-hw5h.com – замечательная площадка с бесперебойным доступом к самым интересным товарам со всего мира по ценам, которые устроят практически каждого. Здесь размещены рабочие ссылки на основной сайт и зеркало гидра: https://xn--hydraruzxpnw4af-ic5h.com Высокая анонимность! Сайт гидра еще никому не удавалось взломать, ваши покупки надёжно защищены. Если вам нужен быстрый доступ в маркет HYDRA: https://xn--hydr2wb-dn4cki.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *