Thursday, March 30
Shadow

रवी लामिछानेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामाबाट चुनावमा उठ्ने तयारी

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्ने भएका छन् । उनले चुनाब लड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ ।

लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाब लड्ने सम्भाबना रहेको बताइएको छ । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।

कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे ।लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।

लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए। पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ।

लामिछानेले भने अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’

उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए। ‘एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *