लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले स्वचन्त्रबाट चुनाब दड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ ।
लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाब लड्ने सम्भाबना रहेको बताइएको छ । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।
कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे ।लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । जब मेयर हर्क साम्पाङ्ग डिउटीमा रहेका नगरप्रहरीलाई खाजा र पानी बोकेर पुगेपछि……. :
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रमा सुरक्षामा खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन् ।
पहरामा रहेका नगरप्रहरीको लागि खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ गरेका थिए । साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि कोही कसैले अटेर गरे गाडीको नम्बर नोट गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिए ।
मेयर साम्पाङ्गले अरु नगरप्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेका थिए ।धरान उपमहानगरको प्रमुखमा मेयर साम्पाङ्गले जित हासिल गरेपछि तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो ।
नगरप्रहरी बिट नै स्थापना गरेर धरान उपमहानगरले धरान भेडेटार सडक खण्डको आँपगाछिमा पार्किङ्ग र दिशापिसाव नगर्ने जनचेतनाको लागि बोर्ड समेत राखेको छ । अहिले खानेपानीको मुहान क्षेत्रमा नुहाउने , दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरिएको छ ।