Saturday, March 25
Shadow

आमासँग झगडा गरेर निस्किएका इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको शव फेला

थापाथली इन्जिनियरिङ क्याम्पसका एक विद्यार्थीको शव भेटिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी चौधरी गु्रपको निर्माणाधीन भवनको कम्पाउण्डमा आर्किटेक्चर इन्जिनियरिङ पढ्दै गरेका अभिशेष जैसवालको शव फेला परेको प्रहरीले जनाएको छ ।

जैसवाल गत आइतबारदेखि बेपत्ता भएका थिए । २२ वर्षीय जैसवालको शव भेटिएको स्थानमा प्रहरीले कुुकुर परिचालनसमेत गरेको छ । जैसवाल आफैले छतबाट हा म फा लेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनको शरिरमा लडेको चो टमात्र देखिएको प्रहरीले जनाएको छ । अध्ययनमा अब्बल जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट बाहिरिएको बुझिएको छ ।

यो पनि, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो ।

गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अबिरल वर्षाको कारण बुधबार बेलुका कालिकोट खाँडचक्र नगरपालिका–२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डु बेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिकको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिककी श्रीमतीलाई घाइते अवस्था उद्दार गरेको थियो । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *