Saturday, March 25
Shadow

संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो (भिडियो सहित)

मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ ।कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् । त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले देहत्याग गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात The Hungarian Su’ic’ide Song पनि भनिन्छ ।

यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले देहत्याग गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो । उक्त गीतको बोल ग्लूमी सन्डे (Gloomy Sunday) हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका थिए । तर गीतले यतिधेरै पी’डा थपिदियो कि यो गीत सुनिसकेपछि मानिसहरू आफैं रुने गर्दथे ।

गीतमा यतिधेरै पी’डा थियो कि गीत सुनेर केही मानिसहरूले देहत्याग गरे । ग्लूमी सन्डे गीत सुनेर सबैभन्दा पहिले देहत्याग गरेको घटना बर्लिनमा सार्वजनिक भयो । त्यहाँ एक युवकलाई गीत सुनिसकेपछि यतिधेरै पी’डा परेछ कि उनले आफैंलाई गो’ ‘ली हा ने’र ह’ ‘त्या ग’रे । त्यस्तै न्युयोर्कमा एक वृद्धले गीत सुनेर ७औँ तलाबाट हा’म फा’ले’र देहत्याग गरे भने हंगेरीमा एक १७ वर्षीया किशोरीले नदीमा हा म फा’ले’र देहत्याग गरिन् ।

गीतका कारण देहत्यागका घटनामा वृद्धि भएसँगै उक्त गीतलाई ६२ वर्षका लागि प्रतिबन्धित गरियो । उक्त गीत सुनेर कसैले देहत्याग नगरुन् भन्नका लागि गीतलाई पुनः कम्पोज गरिएको थियो । तर त्यसपछि पनि देहत्यागको क्रम रोकिएन । अन्ततः सन् १९४१ मा गीतलाई प्रतिबन्धित गरिएको थियो ।

यद्यपि सन् २००३ मा यो गीतमाथिको प्रतिबन्ध हटाइएको थियो । यो गीत अहिले युट्युबमा पनि उपलब्ध छ । तर आजका मानिसहरू आखिर यो गीतमा के त्यस्तो चिज छ जसका कारण इतिहासमा मानिसहरुले भटाभट देहत्याग गरेका थिए भन्ने कुरा बुझ्न सकेका छैनन् ।

यो विरही गीतका रचनाकार रेजसो सेरेजले पनि वास्तवमा प्रेमसम्बन्ध टु’टेपछि यो गीत लेखेका थिए । उनकी एक प्रेमिका थिइन् जसलाई एनी निकै प्रेम गर्दथे । अर्कोतर्फ उनले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्ष गरिरहेका थिए तर सफलता मिलिरहेको थिएन । उनी राम्रो पियानोबादक थिए र त्यहीँ क्षेत्रमा करिअर बनाउन चाहन्थे तथापि सफलता मिलिरहेको थिएन । त्यहीँ सयमा उनकी प्रेमिकाले उनलाई धोका दिइन् । प्रेममा पाएको धोकाले सेरेस वि’क्षिप्त बने र प्रेमिकाको यादमा एक गीत तयार पारे ।

उक्त गीत विस्तारै यतिधेरै लोकपि्रय बन्यो कि प्रेममा धोका खाएकाहरुको मनपर्ने गीत बन्यो । साथै उक्त गीत सुनेर देहत्याग गर्ने सिलसिला पनि सुरु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *