Saturday, March 25
Shadow

नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका

अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ ।पछिल्ला दिनहरूमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ।

पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चाल्र्स ए फ्लिनले नेपालको भ्रमण गरेका थिए । भ्रमणको समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटी एसपीपी समझौतामा हस्ताक्षर गर्न दबाब दिएका थिए ।

केही दिनपछि प्रधानसेनापति शर्मा र प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्दै छन् । सकेसम्म प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको समयमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउन अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ ।

अमेरिकाले पहिलोपटक सन् २०१५ मा एसपीपी कार्यक्रममा सहभागी हुन नेपाललाई अनुरोध गरेको थियो । त्यसपछि एसपीपीबारे दुई देशबीच छलफल हुन सकेको थिएन ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

दुई महिनाअघि अमेरिकी उच्च सैनिक अधिकृतले नेपालको भ्रमण गर्दा एसपीपी सम्झौताको मस्यौदै नेपाललाई हस्तान्तरण गरेपछि पुनः यसबारे बहस शुरू भएको हो ।अमेरिकाले हस्तान्तरण गरेको १० बुँदे मस्यौदामा स्पष्ट शब्दमा अमेरिकी सैनिकलाई नेपालमा राख्न सकिने प्रावधान राखिएको छ ।

यसले नेपालमा आफ्नै सैनिक राख्ने अमेरिकी चाहना स्पष्ट पारेको छ । मस्यौदाको पहिलो बुँदामा नै नेपाली सेनाको प्रशिक्षण तथा संस्थागत क्षमता विकासका लागि अमेरिकी सैनिक नेपाल आई बस्न पाउने उल्लेख गरिएको छ । उनीहरू हातहतियारसहित उपस्थित हुन पाउने व्यवस्था धारा १ मा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *