Sunday, September 24
Shadow

गायिका इन्दिरा जोशीले गरिन् धुमधामले प्रेमी शरदसँग विबाह, तस्विरमा हेर्नुहोस् इन्दिराको विबाह

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । बिाहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जना उपस्थित रहेको बताइएको छ ।

चितवनको बाराही जंगल लजमा भएको बिहेमा गायिका इन्दिरा अत्यन्तै सुन्दर देखिएकी थिइन् । । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने बताइएको छ ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीको प्रेमको खुलासा गत वर्ष भएको थियो । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए ।

इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *