Thursday, March 30
Shadow

अब मानिसको आयु १८० वर्षसम्म हुन सक्छ भन्दै बैज्ञानिकले गर्यो यस्तो दाबी

विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसैबीच वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन् । तर यो अहिले नै होइन ।

अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् ।

सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहेको रेकर्ड २१०० सम्ममा तोडिन सक्ने उनको भनाइ छ । हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहेको रेकर्ड फ्रान्सकी जिन कालमेन्टको नाममा छ । उनको मृत्यु १२२ वर्षको उमेरमा १९९७ मा भएको थियो ।

लियो बेल्जिलका अनुसार यदि मानिस धेरै उमेरसम्म जीवित रहे भने कयौँ किसिमका समस्याहरू पनि साथमा लिएर आउन सक्छन् । जसमा शरीरका केही अङ्गले काम गर्न छाड्ने र चिकित्सा खर्च पनि बढ्ने उनको भनाइ छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *