Thursday, March 23
Shadow

को हुन् यी युवती जसले एक रातमा सरकार ढ’लाउन सक्छिन् ?

पाकिस्तानकी टिकटक स्टार हरीम शाह एक पटक फेरि चर्चामा छिन् । हरीम शाहले पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए)ले आफ्ना पतिलाई झु’टो आरोप लगाएर दुःख दिइरहेको आरोप लगाएकी छिन् ।

गत महिना हरीम शाहको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा उनले ब्रिटिश पाउण्डका नोटका मुठाहरुको साथमा पाकिस्तान सरकारको खिल्ली उडाइरहेकी थिइन् ।

आफ्ना पतिवि’रुद्ध गरिएको कारवाहीका विषयमा उनले भनेकी छिन् ‘जब एफआइएले मेरो केही बि’गा’र्न सकेन त्यसपछि उसले मेरा पति बिलाल शाहवि’रु’द्ध झुटो आरोप लगाएर बदला लिइरहेको छ ।

मेरा पतिवि’रु’द्ध कुनै एफआइआर नहुँदा पनि ज’ब’रज’स्ती असुली र ड्र’ग्सको त’स्क’रीको आरोप लगाइएको छ । ’हरीम शाहलाई पाकिस्तानकी सबैभन्दा चर्चित ‘ड्रामा क्वीन’ मानिन्छ । पाकिस्तानी पत्रकार नूर अल आरफीनले त यहाँसम्म दावी गरिसकेका छन् कि यदि हरीमको घरमा छा’पा मा’र्ने हो भने एक रातमा इमरान खानको सरकार ढल्नेछ ।

आरफीनको दावीअनुसार इमरान खानदेखि शाह महमुद कुरेशी र शेख रशीदसम्मका उल्टा सिधा भिडियो हरीम शाहको मोवाइलमा छन् । पीटीआइको पूरै नेतृत्व हरीम शाहको मोवाइलमा बन्द छ ।

गत महिना हरीम शाहले शेयर गरेको भिडियोमा उनले पाकिस्तानबाट ठूलो रकमको साथमा यात्रा गर्नेहरु सचेत हुनुपर्ने बताएकी थिइन् । उनले भनेकी थिइन् ‘म निकै सजिलै यहाँ (बेलायत) आएँ ।

पाकिस्तानमा कानुन केवल गरिबहरुमा ला’गू हुन्छ ।’ अहिले पाकिस्तानमा विदेशी मुद्राको चरम अभाव छ । यही कारण बिना अनुमति केवल १० हजार डलर मात्रै विदेशी मुद्रा देशबाहिर लैजान पाइन्छ ।

तर, हरीम शाहसँग योभन्दा कैयौं धेरै रकम थियो । त्यसपछि उनीवि’रुद्ध मनी ल’ण्ड्रिङको केसमा जाँच सुरु गरियो ।हरीम शाहले एक टेलिभिजन कार्यक्रमका क्रममा पाकिस्तानका मन्त्री शेख रशीललाई फोन गरिदिएकी थिइन् ।

टिकटक स्टारले यो घटनाको भिडियो सामाजिक संजालमा पनि शेयर गरेकी थिइन् । तबिश हाशमीको शोमा कुराकानीका क्रममा शेख रशीदको चर्चा भएपछि हरीम शाहले तत्काल मोवाइल उठाएर पाकिस्तानका गृहमन्त्रीलाई फोन गरेकी थिइन् ।

गृहमन्त्री शेख रशीदले त्यतिबेला हरीम शाहलाई पनि फोन गर्न भनेका थिए । हरीम शाहले २ वर्ष पहिले शेख रशीदमाथि अ,’श्लि’ल भि’डि’यो पठाएको आरोप लगाएकी थिइन् ।

यो आरोप लगाउँदै उनले शेख रशीदको एउटा भिडियो शेयर गरेकी थिइन् । हरीमले शेयर गरेको भिडियोमा शेख रशीदले भनेका थिए ‘मेरो कुरा राम्रोसँग सुन्नुस् । मैले तपाइँको कुनै पनि रहस्य दुनियाँको अगाडि खोलेको छैन ।

तैपति तपाइँले मसँग कुराकानी किन बन्द गर्नुभयो ? त्यसपछि रशीदले भन्छन् ‘हरीम तिमीलाई जे गर्नु छ त्यो गर ।’ पाकिस्तानको विदेश मन्त्रालयमा घुमीघुमी भिडियो बनाउने हरीम प्रायः चर्चामा आइरहन्छिन् ।

पाकिस्तानका नामी र पहुँचवाला सत्ताका खेलाडीहरुसँग उनको सिधा पहुँच छ । खासगरी इमरान खान प्रधानमन्त्री भएपछि हरीम शाहको पहुँच र प्रतिष्ठा तीब्र रुपमा बढेको छ । सामाजिक संजालमा इमरान खानसँग खिचिएका उनका कैयौं फोटोहरु भाइरल भएका थिए ।

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *