Thursday, March 30
Shadow

पल शाहको सर्मथनमा आज पनि काठमाडौँमा प्रदर्शन, प्रर्दशन चलिरहँदा पुण्य गौतम पनि पुगे

नायक पल शाहलाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा देशभरका विभिन्न स्थानमा प्रदृशन भइरहेको छ ।शुक्रबार पनि प्रदृशन गरेको हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले शाहको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा नेकपा एमाले नेता पुण्य गौतमको पनि सहभागि भएका थिए ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले ब लात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिए पनि उच्च अदालतले अस्विकार गरेसँगै पल प्रहरी हिरासतमा छन् । पलले एक नाबालिकलाई जबरजस्ती गरेको आरोप छ ।

यो पनि : स्नातक पास गरेको छु भन्दै हिँडेका लुम्बिनीका शिक्षामन्त्री १२ को परीक्षा दिँदै गर्दा भेटीए, पहिलो दिन अँग्रेजीको परीक्षा दिन गए त्यसपछि गएनन् : बसिउद्दीन खान । लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री हुन् । उनै मन्त्रीले अहिले कक्षा १२ को परीक्षा दिँदै गरकेो पाइएको छ ।

मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ अन्र्तगतको शिक्षा संकायमा भर्ना भएका थिए । हाल परिक्षा दिइरहेका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि नगएको पाइएको छ ।

खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाका अनुसार मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि परीक्षा दिन गउका छैनन् । सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षा दिन नपाएको एक नेताले बताए ।

नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४९२०बाट प्रत्यक्ष निर्वाचित ३९ वर्षका प्रदेश सांसद खानले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *