Saturday, March 25
Shadow

एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर कीर्तिमान

कैलालीका २३ वर्षीय भरत विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर कीर्तिमान कायम गर्नुभएको छ ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर यसअघिको विश्व कीर्तिमान तोडेको दाबी गर्नुभयो ।

यसअघि संयुक्त राज्य अमेरिकाका नागरिक फ्याट्रिक ल्याटीले एक मिनेटमा ३६ वटा लसुनको पोटी खाएर कीर्तिमान राख्नुभएको थियो ।आज गरिएको भिडियो रेकर्डलाई गिनिज बुकमा दर्ता गराउन पठाइने छ । उहाँले भन्नुभयो, “खाना खाँदा लसुन खाइरहने भएकाले मलाई यो कीर्तिमान राख्न सहज भएको हो ।”

सो कीर्तिमान गिनिज बुकमा अभिलेख गराएपछि उल्टोबाट छिट्टो शब्द उच्चारण र दुवै हातले चाँडो रोमन शब्द लेख्ने थप कीर्तिमानका लागि आफूले पहल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *