अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।
यो पनि पढ्नुहोला बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बसेको पहिलो कार्यपालिका बैठकमा बालेनविरुद्ध खनिउका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल फेरी भाइरल बनेका छन् ।
कांग्रेसबाट निर्वाचित यी वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेसँगै अहिले बालेनका समर्थकहरु अहिले उनीविरुद्ध खनिएका छन् ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेका बेला उनी भने टिकटकमा मस्त रमाइरहेका छन् । टिकटक मोहले उनी पछिल्ला दिनमा सामाजिक संजालमा धेरैको नजरमा परेका छन् ।
पछिल्ला दिनमा उनले अनेक हाउभाउसहित दिनहुँ नयाँ९नयाँ टिकटकहरु अपलोड गरिरहन्छन् । तर उनले बनाउने गरेका भिडियोहरु वडा कार्यालयस्थित आफ्नो कार्यकक्षमै बनाएपछि धेरैले उनको आलोचना गरेका छन् ।
‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने।’ भन्ने टिकटक उनले वडाकार्यलयमा नै बनाएपछि उनी फेरी एक पटक विबादमा तानिउका छन् । उनको यो टिकटकमा अगाडि टेबलमा वडाध्यक्षको नेमप्लेट र पछाडि राष्ट्रिय झण्डा देखिन्छ ।