बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बसेको पहिलो कार्यपालिका बैठकमा बालेनविरुद्ध खनिउका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल फेरी भाइरल बनेका छन् ।
कांग्रेसबाट निर्वाचित यी वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेसँगै अहिले बालेनका समर्थकहरु अहिले उनीविरुद्ध खनिएका छन् ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेका बेला उनी भने टिकटकमा मस्त रमाइरहेका छन् । टिकटक मोहले उनी पछिल्ला दिनमा सामाजिक संजालमा धेरैको नजरमा परेका छन् ।
पछिल्ला दिनमा उनले अनेक हाउभाउसहित दिनहुँ नयाँ९नयाँ टिकटकहरु अपलोड गरिरहन्छन् । तर उनले बनाउने गरेका भिडियोहरु वडा कार्यालयस्थित आफ्नो कार्यकक्षमै बनाएपछि धेरैले उनको आलोचना गरेका छन् ।
‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने।’ भन्ने टिकटक उनले वडाकार्यलयमा नै बनाएपछि उनी फेरी एक पटक विबादमा तानिउका छन् । उनको यो टिकटकमा अगाडि टेबलमा वडाध्यक्षको नेमप्लेट र पछाडि राष्ट्रिय झण्डा देखिन्छ ।