कर णीको आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।
उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।
शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए ।