तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।
सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।
शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको हो । दुर्घटनामा परी निधन भएका चालक दलका सदस्यहरु पाईलट प्रभाकर घिमिरे र को पाईलट उत्सव पोखरेल, एयर होस्टेस किस्मिता थापाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिँदैछ ।
त्यसैगरी दुर्घटनामा परी निधन भएका भारतीयहरुको पशुपति क्षेत्र परिसरभित्र रहेको विद्युतीय शवदाहमा अन्त्येष्टि गर्न लागिएको छ । यसअघि सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जना सदस्यहरु राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको स्वयम्भुमा आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।