Thursday, March 23
Shadow

भ्रष्टाचारि जहाँ भेट्यो त्यहीँ कालोमोसो दलौ : केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टा चारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन्। झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।

देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ,’ उनले भने, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस्।’

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे।उनले भने, ‘काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए।

उनले कर्मचारीको हकहितका लागि लोकतान्त्रि क मान्यतालाई संरक्षण र सम्बद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।अध्यक्ष ओली ले चुनावमा निष्पक्ष रूपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे।

नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्र पुरको अगुवाइमा भवन निर्मा ण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए। दुई तले भवनको कूल लागत एक करोड ८८ लाख नौ हजार ५७० रहेको छ। भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिए।

धरानका स्वतन्त्र मेयर हर्क ठूलो संकटमा, एमालेले गर्‍यो यस्तो हर्कत, चौतर्फी बिरोध !
धरान उपमहानगरपालिकामा एमालेले हस्तक्षेप गरेको छ । करिब निर्वाचित भएको हप्तादिन नबित्दै आफ्ना जनप्रतिनिधीमाथि हस्तक्षेप गरेपछि यसको अहिले चौतर्फी विरोध भइरहेको हो ।

धरान उपमहानगरपालिकामा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पार्टीले हस्तक्षेप गरेपछि चौतर्फी विरोध भएको छ। निर्वाचित भएर कार्यभार सम्हाल्नेबित्तिकै जनताको अभिमतलाई प्रभावित पार्ने गरी पार्टीले हस्तक्षेप गरेको भन्दै जनप्रतिनिधिहरुले विरोध जनाएका छन्।

एमाले धरानले सोमबार हुने कार्यपालिकाको निर्वाचनमा धाँधली हुन सक्ने र अन्य कुनै पनि बेला पार्टी विभाजन भइ आफ्ना जनप्रतिनिधिहरु अन्यन्त्र जान सक्ने भन्दै राजीनामा पत्रमा जबरजस्ती हस्ताक्षर गराइएको बुझिएको छ। धरानमा एमालेबाट १० जना वडाअध्यक्ष र ४६ जना वडा सदस्यले निर्वाचन जितेका थिए।

निर्वाचित जनप्रतिनिधिलाई शनिबार धनकुटाको हिले स्थित कानजिरोवा होटलमा लगेर राजीनामा पत्रमा जबरजस्ती हस्ताक्षर गराएका थिए।एमालेले उक्त होटलमा जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो। प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे थिए।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *