Thursday, March 30
Shadow

प्रचण्डको विश्वास गर्दा नमज्जासँग फस्यो काग्रेस !

नेपालको राजनितीमा एक फरक पात्रको रुपमा देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको एउटै अभिव्यक्तिका कारण राजनितीनै तरंगित भएको छ । प्रचण्डको बोलीले सबैभन्दा ठूलो झस्का नेपाली काग्रेसका नेताकार्यकर्ताहरुलाई लागेको छ ।

केहि दिन अघि मात्रै बाम लोकतान्त्रीक गठबन्धन आजको आवश्यकता हो भन्दै काग्रेससँगकै गठबन्धन कायम गरेर जाने उद्घोष गरेका प्रचण्डले केहि दिन पछिनै काग्रेसमा अहंकार देखिएको भन्दै ठेगान लगाइदिने चेतावनी दिए पछि ठूलो हलचल मच्चिएको छ ।

प्रचण्डको अभिव्यक्तिको अन्तर्य काग्रेसलाई धोका दिएर एमालेसँग तालेमेलको संकेतका रुपपा पनि हेर्न थालिएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरे पछि प्रचण्डले परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउँन ठुलो भूमिका खेलेका थिए । काग्रेसले गठबन्धनलाई सिरियस रुपमा नलिएको भन्दै चुनाव अघि देखिनै उनी काग्रेससँग उनी रुष्ट थिए ।

चुनाव सकिना साथ प्रचण्डले एकाएक आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाउन थाले विद्रोह गर्नुको विकल्प नभएको बताएका हुन् ।

कांग्रेसले अहंकार गरे ओलीलाई जस्तै भित्तामा पुर्याइदिने भन्दै कांग्रेसलाई सच्चिन र अहंकार त्याग्न अनुरोध गरेका हुन् । यसरि बाम एकताको हल्ला चलिरहेको बेला केपी ओलीले पनि प्रचण्डलाई प्रधानमन्त्री बनिदिन भित्रभित्रै लभिंङ भैरहेको समाचार आइरहेका बेला प्रचण्डले आफ्ना जनप्रतिनिधि हरुलाई प्रसिक्षणका क्रममा दिएको यस्तो अभिव्यक्तिले कतै गठबन्धनको आयु छोट्टिने त होइन भन्ने आसंका पैदा गरेको छ।

पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको मोह भंग नभइसकेको बताए । तर सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको टिप्पणी गरे ।

तेस्रो शक्तिका रुपमा माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको भन्दै उनले भने, ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ, कमीहरु पनि होलान् ।’

राम्रो उद्देश्य राखेर एमालेसँग चुनावी तालमेलका साथै पार्टी एकता गरेको भए पनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गरेको उनले सुनाए । ‘अहिले कांग्रेसको त्यस्तै होला कि भन्ने डर पैदा भएको छ’ प्रचण्डले भने, ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *