सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक कर णी भएको छ । १७ वर्षीया बालिकाको अ पह रणपछि कर णी भएको प्रहरीले जनाएको छ । कर णी गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् । मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अ पह रण भएको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अ पहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो ।
सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए । अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अ पह रण पछि कञ्चन गाउँपालिका– ३ रुद्रपुरमा लगी कर णी गरेको खुलेको उनले बताए । फोटो फाईल