पछिल्लो समय विवाद एवम् चर्चामा आएकी कबड्डी– ४ की नायिका मिरुना मगरले सही काम गर्न कहिल्यै समय गलत नहुने बताएकी छन् ।कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्छु भन्दै हिं साविरुद्ध ल ड्न आममहिलालाई आग्रह गरेकी छन् ।
त्यस्तै उनले अहिलेलाई कठिन भए पनि भोलीका दिनमा अबश्य परिवर्तन हुने बताइन् मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुव्र्य वहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।अहिले भने उक्त केश साम्य भइसकेको छ ।
यो पनि पढ्नुहोला तपाई थाहा छ ? भाले मुसा केरासँग ड राउँछ भन्ने कुरा ? यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका हुन् । यो अनौठो रहस्य पत्ता लगाउँदै बैज्ञानिकहरुले केराको बासनाले मुसालाई त नाव दिने गरेको पनि उल्लेख गरेका छन् । क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा त नाव उत्पन्न गर्ने हर्मोन पत्ता लगाएको बिबिसीले जनाएको छ ।
मुसाको पिसाबमा हुने एन पेन्टाइल एसिटेट नामको यौगिकका कारण मुसामा हर्मोनल परिवर्तन सुरु भएको र सोही यौगिकका कारण केरामा विशेष सुगन्ध उत्पन्न हुने गरेको अनुसन्धानमा लागिपरिरहेका अधिकारीहरुले उल्लेख गरेका छन् ।
आफ्ना सन्तानको सुरक्षाका लागि ग र्भवती तथा स्तनपान गराइरहेका पोथी मुसाले आफ्नो शरीरबाट विशेष रसायन उत्सर्जन गर्ने हुँदा उक्त रसायनको गन्ध भाले लगायतका अन्य मुसालाई मन पर्दैन र उनीहरु पोथी मुसाबाट टाढा भाग्दछन् ।
यसैबिच मुसाको पि साबमा पाइने उल्लेखित रसायन रहेको केराको तेलमा चोपेको कपासले भाले मुसाहरुमा त नावको स्तर बढेको र उनीहरु डराइरहेको अनुसन्धानबाट पत्ता लागेको बैज्ञानिकहरुले जनाउका छन् ।