Thursday, March 23
Shadow

पदभार ग्रहण गरेलगत्तै बालेनले जंगी अड्डा पुगेर भेटे प्रधानसेनापति शर्मा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानसेनापति प्रमुराम शर्मासँग भेट गरेका छन्।

महानगरपालिकामा पदभार ग्रहणलगत्तै मेयर शाहले सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति शर्मालाई भेटेका हुन्।

प्रधानसेनापति शर्मा र मेयर शाहबीच सद्भावना भेटघाट भएको जनसम्पर्क निर्देशनालयले जनाएको छ।

भेटमा नवनिर्वाचित मेयर शाहलाई प्रधानसेनापति शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटले नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्‍भाव थप प्रगाढ हुने जंगी अड्डाले विश्वास लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *